लेखनाथमा कारको ठक्करबाट रामबहादुर घाइते

पाेखरा | असोज २२, २०८१

लेखनाथमा कारको ठक्करबाट रामबहादुर घाइते

लेखनाथमा कारले चार पाङ्ग्रे स्कुटरलाई कारले ठक्कर दिँदा अपांगता भएका १ जना घाइते भएका छन् ।

 

सोमबार दिउँसो करिब १ बजे पोखरा २७  तालचोकस्थित पृथ्वीराजमार्गमा ठक्कर दिँदा ५६ बर्षीय रामबहादुर छन्त्याल गम्भीर घाइते भएको कास्की प्रहरीले जनाएको छ ।

 

उनको फेवासिटी अस्पताल उपचार भइरहेको छ । गोरखाबाट पोखरातर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१-०२९ च २३५० नम्बरको कारले सडक छेउमा रोकेको ग२४प ७४०२ नम्बरको चारपाङ्ग्रे स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो । 

 

ठक्कर दिएको आरोपमा कार चालक गोरखा नगरपालिका(११, एघारकिलोका २५ वर्षीय सरोज कुमाललाई इलाका प्रहरी कार्यालय शिशुवाले नियन्त्रणमा लिएको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्